९ मंसिर २०८३, मंगलवार

पाकिस्तानमा बिद्रोही समुहको हमला २४ सैनिकको मृत्यु

एसीपी संवाददाता

२६ मंसिर २०८०, मंगलवार २१:३२ मा प्रकाशित

इस्लामाबाद: आजकल पाकिस्तानी सेना आफ्नै गृहयुद्धको  चक्रव्युहमा फसेको देखिन्छ।  पाकिस्तानी सेनाले पालनपोषण गरेको आतंकवाद अहिले त्यसको लागि मृत्युको कारण बनेको छ ।  मङ्गलबार, आतंकवादीहरूले पाकिस्तानको खैबर-पख्तुनख्वाको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको ट्रकलाई आक्रमण गर्दा कम्तीमा २४ सैनिकको मृत्यु भएको थियो।  नयाँ आतंकवादी समूह तेहरिक-ए-जिहाद पाकिस्तान (TJP) ले यस हमलाको जिम्मेवारी लिएको छ।  TJPले पाकिस्तानमा आफ्नो शक्ति तिब्र गतिमा बढाइरहेको छ।  यो समूहले हालै पाकिस्तानी सुरक्षा बलहरू विरुद्ध धेरै आक्रमणहरूमा संलग्न रहेको छ।  TJP ले यस वर्ष जुलाईमा बलुचिस्तान प्रान्तमा आत्मघाती आक्रमण गरेको थियो, जसमा १२ पाकिस्तानी सैनिक मारिएका थिए।

अफगानिस्तानको सीमानजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भएतापनि मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।  विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ ।   विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको संख्या बढ्ने आँकलन गरिएको छ ।  बिहानको २ : ३० मा हमला सुरु गरेको तालिवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान–अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x