९ मंसिर २०८३, मंगलवार

पाकिस्तानी नागरिक माथी मुद्दा दर्ता

एसीपी संवाददाता

२६ जेष्ठ २०८१, शनिबार ११:५५ मा प्रकाशित

श्रीलंकन नागरिकलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका चार जना पाकिस्तानी नागरिक विरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएका छन् ।
तीन जना श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै भियतनाम , भारत हुँदै काठमाडौंको ठमेल स्थित होटलमा बन्धक बनाएर राखेको आरोपमा गत चैत २२ गते पक्राउ परेका ४ जना पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता गरिएका हुन् ।
अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको कसुरमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह विरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दर्ता गरियो ।
बन्धक बनाउने कार्यमा संलग्न पाकिस्तानी नागरिक मुरताजा असगर अली, श्रीलंकन नागरिक मोहमदु मुसरिफ र भारतीय नागरिक नितिनकुमार शर्मा भने फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंंले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राखेर मुद्दा दर्ता गराइएको छ ।
श्रीलंकन नागरिकलाई ठमेलस्थित सिस्टर होममा राखेर बन्धक बनाएको सूचना पाएपछि गत चैत २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएर पीडितहरूलाई उद्धार गरेर बन्धकमुक्त गराएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x