९ मंसिर २०८३, मंगलवार

पाकिस्तान भएको आतंककारी हमलाले आत्तियो , अब हामी पनि हमला गर्छौ – बिलावल

एसीपी संवाददाता

१८ श्रावण २०८०, बिहीबार १७:१४ मा प्रकाशित

पाकिस्तान – एजेन्सी =”पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गत आइतबार आत्मघाती हमला भएको थियो। अफगानिस्तानमा रहेको आतंकवादी संगठन दाएसले गरेको भीषण हमलामा ५४ जनाको मृत्यु भएको थियो भने २०० जना घाइते भएका थिए। यस आतंकवादी हमलालाई लिएर पाकिस्तान अफगानिस्तान माथि आक्रोशित भएको छ। पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मंगलबार अफगानिस्तानको अन्तरिम सरकारले आतंकवादीविरुद्ध कारबाही नगरे पाकिस्तानले अफगानिस्तानमा प्रवेश गरी आतंकवादीविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तानको स्थानीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार बिलावल भुट्टोले भने कि यदि अफगानिस्तानको अन्तरिम सरकारले कारबाही गर्न असफल भएमा पाकिस्तानसँग अन्तर्राष्ट्रिय कानून अन्तर्गत काबुलमा लुकेका आतंककारीहरू विरुद्ध आत्मरक्षा कारबाही गर्ने विकल्प छ।

बिलावल भुट्टोले तालिबानलाई दोहा सम्झौताको पनि स्मरण गराए र तालिबानले यसलाई पालना गर्नुपर्ने बताए।  दोहा सम्झौता अनुसार तालिबानले आतंकवादी समूहलाई अफगानिस्तानभित्र बस्न नदिने र अफगानिस्तान भित्रबाट कुनै पनि आतंकवादी समूहले आक्रमण नगर्ने लिखित आश्वासन दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x