३२ असार २०८३, बिहीबार

पुर्ब मन्त्री अब्दुल खानले गरे जेलमा बन्द पुर्ब मन्त्री आलम र भुमिगत संगठनका अर्जुन सिंह संग भेट

एसीपी संवाददाता

२३ माघ २०८१, बुधबार १४:४९ मा प्रकाशित

काठमाडौं –  नेपाल सरकारको पूर्व मन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा  संघीय संसद  प्रतिनिधी सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अध्यक्ष  अब्दुल खान द्वारा तत्कालीन समयमा राजनितिक रूपमा हलचल(दखल)गर्ने नेताहरु मध्ये पूर्व मन्त्री मोहम्मद आफताब आलम र भगत सिहं भन्ने अर्जुन सिहं  संग छुट्टा छुट्टै नख्खु र सेन्ट्रल जेलमा भेटघाट तथा भलाकुसारी गर्नु भयो । पुर्ब मन्त्रीले दुबै जनाको स्वास्थ्य समस्या रहेको जिकिर गर्नु भयो ।
पूर्व मन्त्री माननीय अफताब आलमले भने  -“तिन पुस्ते नेपालको राजनीतिमा दखल गरिने मेरो परिवार नेपाली काँग्रेस पार्टीलाई आर्थिक,सामाजिक रूपमा महत्वपुर्ण योगदान छ । मेराे बाजे शेख लियाकत,चाचा शेख इद्रिस र म आफू अफताब आलम आफ्नो ढंगले नेपालको रौतहटमा राजनिति गरेको इतिहास छ। आज जीवनकालमा सबभन्दा लामो समय कसै संग छलफल गरेको छु भने त्यो तपाई अब्दुल खान जि तपाईं संग गरेको छु भन्नू भयो । म न रहे पनि देशले म बाट फाइदा लि राखोस भन्ने मेरो चाहना छ आलमले बताए ।
५ पटक मन्त्रीकालका अनुभवहरु सुनाउदै भन्नु हुन्छ:”सदन,सडक र सरकारमा मेरो बर्जस्व देखना नसकेकाहरु मलाई जेल पठाउनु भयो यो मेरो चौथो पटकको जेल यात्रा हो, म निडर छु,तपाई पनि निडर भएर अगाडी बढ्नु होला । पुर्ब मन्त्री र जनमत पार्टीका नेता अब्दुल खान अहिले जति मधेशी नेतामा लोकप्रिय छन उत्तिकै उनी काठमाडौंको राजनीतिमा सक्रिय रहेका छ्न ।    यसै बिच संघीय संसद  प्रतिनिधी सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बैठक सम्पन्न भएको छ ।
आजका दिन माननीय सभापति अब्दुल खांन नेतृत्त्वमा प्रतिनिधी सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३० औं बैठक सम्पन्न ।  उपभोक्ता अदालत गठन गर्नकोे लागि नेपाल सरकारलाई दिएको निर्देशन अनुसार हिजो मंगलवारको दिन मन्त्री परिषदले स्वीकार गरी उपभोक्ता अदालत गठन गरिने निर्णय गरेको प्रति सरकारलाई सभापति र समितिकोे  सहमति भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x