१ श्रावण २०८३, शुक्रबार

पुर्ब राजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

एसीपी संवाददाता

२१ आश्विन २०८१, सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् । भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए । लगत्तै उनले भुटानका राजा तथा राजपरिवार भेटेको प्रसंगले यतिखेर चर्चा पाइरहेको छ ।

भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङचुकको निम्तामा शाह छोरीहरु प्रेरणा र शीताष्मा सहित शाह थिम्पु पुगेका थिए । राजकुमारी पेमा वाङचुकले उनलाई एयरपोर्टमै स्वागत गरेकी थिइन् । शाहले पाएको रेडकार्पेटसहितको विशेष सम्मानलाई कुनै राष्ट्राध्यक्षले पाएकै बराबरको सम्मान भनी चर्चा गरिएको छ । यद्यपि शाहका निजी सचिव फणिराज पाठकले भने यो निजी भ्रमण भएको बताएका छन् । शाहले पूर्व राजा जिग्मे सिंगेसँग भेटवार्ता गरेका थिए ।

राजा जिग्मे खेसरसँग पनि उनको कुराकानी भएको थियो । सबै भेटघाटहरुमा उनलाई विशिष्ट दर्जाको सम्मान दिइएको थियो । शाहले भुटानका महत्वपूर्ण धार्मिक स्थलमा पुजा आजा पनि गरे । कुनै बेला दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा पढेका पूर्वराजा ज्ञानेन्द्र शाह ले त्यहीँ पढेका भुटानी राजाले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा अतिथि बनेर भाग लिएका थिए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x