१२ मंसिर २०८०, मंगलवार

पुस्तकमा लगाएको १० प्रतिशत कर फिर्ता गर्न माग गर्दै त्रिचन्द्रमा प्रदर्शन

एसीपी संवाददाता

२९ माघ २०७६, बुधबार १२:४४ मा प्रकाशित

पुस्तकमा लगाएको १० प्रतिशत कर फिर्ता गर्न माग गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । क्याम्पसको शुल्क आफैमा महंगो रहेको र त्यसमाथि पुस्तकमा कर लगाउदा झन महंगीको मारमा परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थी गोविन्द कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ(नेविसंघ)ले एक्केवद्धता जनाएको थियो। नेविसंघका महामन्त्री दीपक भट्टराई विद्यार्थीहरुको आन्दोलनमै पुगेर एक्केवद्धता जनाएका हुन।
महामन्त्री भट्टराईले पुस्तकमा कर लगाएर विद्यार्थीलाई मारमा पार्ने काम सरकारले गरेको बताए। कर फिर्ता नहुँदासम्म आफूहरुले दबाबका कार्यक्रम जारी राख्ने भट्टराईले बताए।
कोइरालाले आफूहरुलाई भार थप्ने काम सरकारले गरेको भन्दै पुस्तकमा लगाउने निर्णय भएको १० प्रतिशत कर फिर्ता नहुँदासम्म चरणवद्ध दबाबका कार्यक्रम जारी राख्ने बताए। सभार इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x