६ भाद्र २०८३, शनिबार

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

६ भाद्र २०८३, शनिबार २२:०१ मा प्रकाशित

दिनेश ठाकुर / कपिलवस्तु भदौ ६ गते — भारतको ८० औं स्वतन्त्रता दिवसको सुअवसरमा काठमाडौँ स्थित भारतीय दूतावासको आयोजनामा कपिलवस्तुको तौलिहवामा भव्य सांगीतिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमले नेपाल र भारतबीचको शताब्दीऔ पुरानो सांस्कृतिक, सामाजिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

कार्यक्रममा प्रसिद्ध भारतीय गायक राजेश पाण्डेले æजब शून्य दिया मेरे भारत ने, दुनिया को तब गिन्ती आयोæ, æहै प्रीत जहाँ की रीत सदाæ, æमैं गीत वहन का गाता हूँæ लगायतका लोकप्रिय देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपाल–भारत सम्बन्ध केवल दुई राष्ट्रबीचको कूटनीतिक दायरामा मात्र सीमित नरही गहिरो सांस्कृतिक र पारिवारिक बन्धनमा आधारित रहेको बताउनु भएको थियो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको कपिलवस्तुमा यस्ता कार्यक्रम हुनु दुई देशबीचको साझा बौद्ध र सांस्कृतिक सम्पदाको प्रतीक भएको उल्लेख गर्नुभएको थियो ।

भारतीय दूतावासका संयोजक वसीम मलिकले कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने प्रमुख अतिथि, कलाकार तथा सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिँदै यस्ता सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सद्भाव र मित्रतालाई अझ बलियो बनाउने धारणा राखेका थिए ।     लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले समन्वय गरेको उक्त कार्यक्रममा कार्यक्रम संचालक दुतावासका किमोद थापा ले गर्नु भएको थिए विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, विजय गाउँपालिकाका अध्यक्ष गोपाल थापा र सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी। सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, प्रहरी उपरीक्षकहरू मनोहर भट्ट र गोपाल अधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले भारतीय संगीत तथा सांस्कृतिक प्रस्तुतिको भरपुर आनन्द लिएका थिए भने आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x