रबिउन नूर कमिटी जनकपुरधामको आयोजनामा रक्तदान कार्यक्रम
जनकपुरधाम : हजरत मुहम्मद मुस्तफा ﷺ को १५०१औँ शुभ जन्मोत्सवको अवसरमा जनकपुरधाममा आयोजित बृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।
रबिउन नूर कमिटी जनकपुरधामको आयोजनामा तर्पशी चोकमा भएको कार्यक्रममा मुस्लिम धर्मगुरु, समाजसेवी, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका छन्।
कार्यक्रममा महिलाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
‘रक्तदान गरी गरौँ जीवनदान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै मानव सेवाको सन्देश दिएका थिए।
कार्यक्रममा मुस्लिम धर्मगुरु तथा स्थानीय अगुवाहरूले रक्तदानलाई मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्नेमा जोड दिँदै यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले गरेको थियो भने राजर्षि जनक क्याम्पसको समेत सहयोग रहेको आयोजकले जनाएको छ।
स्रोत : नेपाली मुस्लिम जनकपुर


