नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्विरोध निर्वाचित
नेपालगन्ज, भदौ ६ — नेपाल प्रेस युनियन जिल्ला बाँकेको १३ औँ जिल्ला अधिवेशन तथा साधारण सभाबाट कमल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। मिति २०८३ भदौ ६ गते नेपालगन्जमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यसमितिको खुला उपाध्यक्षमा खड्क खत्री, महिला उपाध्यक्षमा निशा शाह र समावेशी उपाध्यक्षमा मो असरतद शेष राई निर्वाचित हुनुभएको छ।
त्यसैगरी, समितिको सचिवमा भिम प्रसाद लोध, कोषाध्यक्षमा सिदार्थ पाण्डे, सहसचिवमा अभिषेक गुप्ता र महिला सहसचिवमा सावित्री विश्वकर्मा निर्वाचित हुनुभएको छ।
यस्तै, खुला सदस्यहरूमा विनोद कु. वर्मा र सौरभ राना चयन हुनुभएको छ भने महिला सदस्यतर्फ निर्मला गोसाईं र लिला चौधरी निर्वाचित हुनुभएको छ। कार्यसमितिमा निर्वाचित हुने समावेशी सदस्य पदका लागि अमित गुप्ता, कुलेन्द्र विश्वकर्मा र प्रेम सिंह एस.के. चयन भएका छन्।
एसीपी न्यूज नेपाल को तर्फबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु !


