६ भाद्र २०८३, शनिबार

३ वर्षीया गरिमा चौधरीप्रति श्रद्धाञ्जली र न्यायको माग गर्दै नेपालगन्जमा दीप प्रज्वलन कार्यक्रम हुने

एसीपी संवाददाता

६ भाद्र २०८३, शनिबार २१:५२ मा प्रकाशित

नेपालगन्ज — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्या घटनाको विरोध तथा न्यायको माग गर्दै नेपालगन्जमा दीप प्रज्वलन कार्यक्रम हुने भएको छ। नेपालगन्ज सचेत नागरिक समाज, बाँकेको आयोजनामा भोलि २०८३ भदौ ७ गते, आइतबार साँझ ७:०० बजे नेपालगन्जको वीरेन्द्र चौकमा उक्त कार्यक्रम हुन लागेको हो।

गत साउन ३१ गते बेपत्ता भएकी बालिका चौधरीको शव मंगलबार साँझ मृत अवस्थामा फेला परेको थियो। यस अमानवीय घटनाले देशभर आक्रोश फैलाएको छ भने विभिन्न जिल्लाहरूमा दोषीलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन तथा श्रद्धाञ्जली सभाहरू भइरहेका छन्।

“न्यायका लागि आवाज उठाऔं, अपराधीलाई कडा सजाय दिलाऔं” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस दीप प्रज्वलन कार्यक्रममा सहभागी भई बालिकाको आत्माको शान्ति तथा न्यायको पक्षमा ऐक्यबद्धता जनाउन सम्पूर्ण न्यायप्रेमी नागरिकहरूमा हार्दिक अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x