११ मंसिर २०८३, बिहीबार
पूर्वी नवलपरासीमा दुई जना प्रहरी नियन्त्रणमा
पूर्वी नवलपरासीमा प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
आइतबार दिउँसो नवलपुर प्रहरीले डण्डा चोरमारा बिचको चालिस कि मी मा चेक जाँचको क्रममा दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ना ४१ प २४७१ नम्बरको मोटरसाइकलमा आएका पूर्वी नवलपरासीको गैडाकोट ७ जयश्री निवासी २४ बर्षीय रमेश विक र चितवनको भरतपुर महानगरपालिका ७ कृष्णनगर निवासी २७ बर्षीय विकास बजगाईलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट फेनारागन ३०, डाइजेपाम ३०, नुफिन ३० एमपुलल र नाइट्राभेट १० लेखिएको लागुऔषध १५ ट्याप्लेट बरामन गरेको जनाएको छ ।
लागुऔषध तथा नियन्त्रण एक २०३३ बमोजिम कसुर बमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Subscribe
Login
0 Comments


