पूर्व मन्त्रीको गाँउमा जनमतको जनलहर
नेपालगन्ज उपमहानगरपालिका -१६ जैसपुरमा पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सदस्य मो.इस्तियाक राइको मुख्य गाउँमा जनमतको लहर देखियो । वडा अधिवेशन भेलामा संस्थापक केन्द्रीय सदस्य नेता इरफान अहमद शेष तथा जनमत (डा.सि.के.राउत)को नाम सुने पछि हजारौंको संख्यामा उपस्थित भएका थिए, कार्यक्रम मो.मुस्तफा अंसारीको अध्यक्षतामा गरिएको छ, कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सदस्यद्वय नौसाद अंसारी, जाबिर हल्वाई, रियाज अंसारी, प्रमुख अतिथि केन्द्रीय संस्थापक सदस्य इरफान अहमद शेष, नाजमा बागवान, जोया शेष, युवा नेता राजू शेष, हुशेन अंसारी, रफिक अंसारी , सफिक जसगड, मुकिम अंसारी तथा वडा नंबर ११ का वडा अध्यक्ष अल्ताफ राई लगायतका नेताहरूको पनि व्यापक उपस्थिति रहेको थियो। आजको भेलावाट वडा अध्यक्षमा नौसाद अंसारी, उपाध्यक्ष रमादेवी रैदास, कोषाध्यक्ष मुस्तफा अंसारी, सचिव एजाज हुशेन अंसारी, सदस्यद्वय कुश्मा रैदास, एनायत जोलाह, शिव कुमार, अलि हुशेन अंसारी, रिजवान दर्जी, फारूक अंसारी र सबिना जसगड सर्वसम्मतिले चयन भएका छन, आजको भेला पश्चात् सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि जनमतमा प्रवेश भएका छन। कार्यक्रममा बोल्दै जनमतका नेता इरफान अहमद शेषले अब आउनेदिनमा मधेशमा जनमत नै आउने निश्चित रहेको जिकिर गरेका छन, मधेशको समस्याको जरो कथित मधेशी नेता नै रहेको भनेका जुन आजभोलीका नव राष्ट्रवादीको रूपमा उदय भएका छन, मधेशमा अब स्वराजको लागि अन्दोलन हुने र मधेशमा मधेसीको नै राज हुने निस्चय रहेको कुरा समेत भनेका छन अहिले सम्म मधेसीलाई विभिन्न पार्टी मार्फत लुटने कार्य मात्र भएको समेत भनेका छन, मधेशका केही अबुझ र अदूरदर्शी नेताहरू अहिले राजाको पक्षमा समेत उफ्रेका छन त्यस्ता नेताहरु व कथित राजावादीहरुलाई समेत निशानामा लिएका छन, कुरा राख्दै नेता शेषले मधेशको सेना, सिडियो, सुरक्षा लगायतको जिम्मेवारी अब मधेसीलाई दिनुपर्ने समेत भनेका छन। जनमतलाई जनताले जनमत दिइयो भने हाम्रो पहिलो प्रयास मधेशमा रोजगारी श्रृजना गर्ने उद्देश्य रहेको जिकिर गरेका छन।


