२ श्रावण २०८३, शनिबार

पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति धुमधामका साथ सम्पन्न

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १६:४४ मा प्रकाशित

अरमान खान नेपालगन्ज १४ कार्तिक – बाँकेमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति शुक्रबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विविध कार्यक्रमको आयोजना गरि मुश्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् । बाँकेको नेपालगन्जमा रहेका विभिन्न मुश्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा ¥याली निकालिएको थियो । ¥यालीमा बालबालिका र यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । ¥यालीमा गैर मुस्लिम समुदायका जनप्रतिनिधि र राजनीतिकर्मीको समेत सहभागिताले नेपालगन्जमा धार्मिक सदभावको नमूना प्रदर्शन गरेको थियो । कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरुले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन । इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिन उनको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरि मोहम्मद जयन्ती मनाउने गरेका हुन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x