प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्।
धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँ सहभागीलाई उनले विशाल उपस्थिती जनाएर ओलीलाई फुच्चे बनाइदिएको भन्दै धन्यवाद दिएका हुन्।
उनले ओलीले धनगढीमा आयोजना गरेको भेलापछि फुर्ति बढेपनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे।
नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक परिस्थिति दुर्घटनाग्रस्त हुनबाट जोगाउनमा आफूहरु गम्भीर बनेको बताए।
प्रतिगमनको खतरालाई परास्त गर्न जनता पुनः एकपटक जुरमुराएको देख्दा आफूलाई गर्व लागेको भन्दै उनले भने, “जागिसकेका जनतालाई कसैले झुकाउन सक्दैन।”
धनगढीमा भएकाे बिराेध सभालाइ सम्बाेधन गर्दै उनले विषेश परिस्थितिमा र कुनै अर्को विकल्प हुन नसकेमा मात्र संसद् विघटन गर्न सकिने भए पनि प्रधानमन्त्रीले विषेश परिस्थिति सिर्जना नहुँदा पनि प्रतिनिधिसभाको विघटन गरेर गल्ती गरेको आरोप उनको छ।
“सर्वाेच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्ने छ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ”, दाहालले भने, “संसद् भङ्ग भएको छैन, सरकार मात्र विघटन भएको हो।”
शनिबार नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभालाई सम्बाधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगिसकेका छन्।
दुवै पुगिसकेपछि धनगढीमा सो समूहले र्याली निकालेर शक्ति प्रदर्शन गरेको छ। उक्त र्यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका छन्।

धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ। दिनेशखबर


