३२ असार २०८३, बिहीबार

प्रजातन्त्र भनेकै नेपाली काग्रेस 

एसीपी संवाददाता

७ फाल्गुन २०८१, बुधबार १७:२१ मा प्रकाशित

ओम आचार्य
एकसय चार्षको राणाकालिन समय र पंचायकालको विरुध्द संघर्ष गर्ने अन्य केही दलहरु भएपनि  त्यस्को नेतृत्व गर्ने नेपाली काग्रेस नै थियो ! त्यो समयमा भएको विद्रोह या आन्दोलन भन्नुस प्रजातन्त्र प्राप्तिकै लागी भएको थियो ! यसरी त्यो समय देखी प्रजातन्त्र भनेकै नेपाली काग्रेस हो , लोकतन्त्र भनेकै नेपाली काग्रेस हो भनेर चिनिएको र आफ्नो परिचय वनाएको दल काग्रेस थियो ! र काग्रेस भनेकै महामानव वि पी कोइराला हुन र वि पी भनेकै नेपाली काग्रेस हो यसरी चिनिएको दल हो !
आज फाल्गुण सात गते प्रजातन्त्र दिवस भनेर मनाइ रहदा नेपालमा नेपाली काग्रेसलाइ विर्सन सकिन्दैन ! फागुन सात र नेपाली काग्रेसको गहिरो सम्बन्ध छ ,यस्लाइ अलग गरेर हेर्न र व्याख्या गर्न सकिन्दैन !
नेपालमा गणतन्त्रको आधार भुमी तै फागुन सात हो ! फागुन सात अर्थात प्रजातन्तदिवस लाइ बुज्न र तत्कालिन समयको  जनभावना बुज्न नसक्दा नै शाही काल समाप्त भएर गणतन्त्र आएको हो !
अझ भन्ने हो भने दुइहजार सात साल पौष एक गतेको घटना बाट नै  गणतन्त्र को विजारोपण भएको थियो ! पौष एक को घटना पछी वि पी कोइरालाले भन्नु भएको थियो ” प्रजातन्त्र समाप्त भएन राजा पनि कमजोर भए र विदेशी सक्तिहरुलाइ अवसर दियो यहाको राजनीतिमा सक्रिय भुमिका खेल्न ! अहिले यो भनाइ कति सार्थक र दुरदर्शी देखियो ! अहिले वर्तमान यस्तौ छ!
वि पी कोइराला जोड थियो प्रजातन्त्र प्रती राजा संग मिलेर लड्दा ( राणा का विरुध्द)पनि प्रजातन्त्र माथि जोड थियो र राजाका विरुध्द लड्दा पनि प्रजातन्त्र माथि नै जोड थियो हाम्रो लडाई को कारण थियो प्रजातन्त्र!
वि पी कोइरालाको लडाइकै प्रतिफल हो आजको प्रजातन्त्र आजको गणतन्त्र!
विपीले तत्कालिन समयमा राजा संग मेरो मुध्दा छ हो तर राजा  मेरो समस्या होइन वाहिरी सक्ति हो समस्या भनेको !वि पी को यही कुरा राजपरिवारले नबुज्दा राराजपरिवार ले वि पी ले नेतृत्व गर्नु भएको काग्रेसको कुरा नबुज्दा आज राजशाही छैन !
अहिले नेपालमा वैचारिक एकता छैन नागरिक एकता छैन वि पी ले भन्नु भएको छ “अहिले नेपालमा नागरिक एकता चाहिएको छ यो पाटी भन्दा पनि महत्वपुर्ण के रहेछ भने बैचारिक एकता! अहिले बैचारिक एकता न पाटी भित्र छ नत नागरिकमा छ तो खतरापुर्ण हो ! यस्ले प्राप्त प्रजातन्त्र नैखतरामा पर्न सक्छ!
2007 साल फाल्गुण सात गते राजाबाट राणाशाही को अन्त गर्दै प्रजातन्त्रको घोषण भयो ! डेमोक्रेसी को अनुबाद हुदा गणतन्त्र भयो त्यो गणतन्त्र भनेको रिपव्लिक होइन ! वि
 पी को त्यो भनाइ पनि अहिले गणतन्त्रवादीहरुले बुज्नु र गाठबाधेर राख्न जरुरी छ गणतन्त्र भनेको प्रजातन्त्रनै हो यसरी बुजुन!
अहिले हामीले जुन प्रजातन्त्र उपयोग गर्न पाइरहेको छौ त्यो 2007 फाल्गुणकै उपलब्धी हो र यस्मा नेपाली काग्रेसका जन्मदाता काग्रेसको आधार भुमी वि पि कोइरालाको देन हो !
वि पी कोइराला कहिल्यै पनि राजा विरोधी थिएन तर राजा संग प्रजातन्त्रको लागी लडाइ भने थियो !
राजाको घाटी र मेरो घाटी जोडिएको छ भन्ने विपी ले राष्ट्रिय मेलमिलाप भनेर फर्किदा सम्म राजशाहीले वि पी को कुरा नबुज्नु नै सदाकालागी राजशाही खतम गर्न पुगे! यस्को दोष इतिहासले राजशाही लाइ नै दिएको छ !
र यसैको प्रतिफल आजको गणतन्त्र हो !
आजको प्रजातन्त्र!
र यि सबैको आधार भुमि 2007 फाल्गुण सात हो !
र यस्को श्रेय वि पीमा जान्छ!
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x