११ मंसिर २०८३, बिहीबार

प्रधानमन्त्रीको नेतृत्वको सरकारले जेट विमानको गतिमा काम गर्दै-मन्त्री आले मगर

एसीपी संवाददाता

१८ पुष २०७७, शनिबार १५:०२ मा प्रकाशित

धनगढीः संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले मगरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेट विमानको गतिमा काम गरिरहेको दाबी गरेका छन्।

धनगढी विमान स्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले सो कुरा बताएका हुन्।

उनले भने,‘अहिलेको मन्त्री मण्डल ७ गियरमा अगाडि बढ्ने छ। वैशाख १७ र २७ गते तोकिएको निर्वाचन गराउन यो सरकार प्रतिवद्ध छ। पहिले यो सरकार ट्वीनअटरको गतिमा थियो भने अब जेट विमानको गतिमा यसले काम गर्ने छ।’ 

यसैबीच मन्त्री आलेले नेकपा विवादको मूख्य कारक सुदूरपश्चिमकै नेता डा. भीम रावल रहेको र प्रचण्ड–माधव समूहलाई नेकपाबाट चोइटिएर गएको समुहको संज्ञा दिए।

नेकपामा ८० प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा रहेकोले दाबी गर्दै उनले आफूहरु नै आधिकारिक नेकपा रहेको उनको भनाइ थियो।

त्यस्तै, मन्त्री आलेले आफु जिम्मेवारी पाएको मन्त्रालयमा धेरै विकृति बताउँदै ती सबै विकृतिको अन्त्य गर्नेमा जोड दिए।

मन्त्री आलले वैज्ञानिक वन कार्यक्रम गलत भएको र आवश्यक अध्ययनपछि यो विषयमा उचित निर्णय गरिने समेत उनको भनाइ थियो। दिनेशखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x