११ मंसिर २०८३, बिहीबार

प्रधानमन्त्री ओलि अब कट्टर हिन्दुत्व तर्फ अग्रसर- भट्टराई

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार १६:०७ मा प्रकाशित

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको आरोप लगाउनुभएको छ ।
संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप समेत लगाउनुभयो ।
ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उहाले बताउनुभयो ।
त्यस्तै भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधि सभा मर्न नसकने तर्क गर्नुभयो । उहाले संविधानलाई जोगाएर मात्रै अघि बढ्नुपर्ने संविधान गुमे लाखौ जनताको सपना चकनाचुर हुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीले संसद्को विघटन नभई संविधानको विघटन भएको बताउनुभयो ।

उहाले संसद बिघटनको मुद्ध पूर्ण बृहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेको जानकारी पनि दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x