१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलि जस्तो सुकै सामना गर्न तयार – सुवास नेम्वाङ

एसीपी संवाददाता

१६ फाल्गुन २०७७, आईतवार ०८:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनसर््थाापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको बिषय नभएको बताउनुभएको छ ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने समेत बताउनुभयो ।

उहाले केहिले प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सवै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गर्नुभयो ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्था रहेको भन्दै उहाले यसैका कारण प्रस्ताव नै ल्याउन डराएको होकी भन्ने अनुभूति भएको बताउनुभयो ।

त्यस्तै नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक दललाई निर्देशन जारी गरेको नभइ फैसला मात्र गरेको भन्दै यसले पार्टीभित्र कुनै असर नपर्ने बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका कार्र्यसमिति सदस्यहरुलाई सथप ग्रहण गराइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x