२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलि द्वारा वरिष्ठ नेता नेपाललाई फकाउदै

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार ०५:१४ मा प्रकाशित

फाइल । प्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन शुरु गरेका छन्। दसैं अघि र दसैं टिका सकिए लगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर दुई घण्टा बढी छलफल गरेका छन्।  

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका हुन्। ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना तथा पार्टीको विवादबारे सामान्य छलफल भयो त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए। गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए। त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धीमुलक नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।  

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए। कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ। कार्तिक ३ पछि दुई अध्यक्षबीच भौतिक रुपमा भेटघाट भएको छैन भने दुवै अध्यक्षले दसैंको शुभकामना पनि आदान प्रदान नगरेको स्रोतको दावी छ। उनीहरुबीच संवादहिनता रहेका बेला ओलीले वरिष्ठ नेता नेपाललाई बोलाएर भेटघाट गर्न ब्यस्त छन् । साभार नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x