१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीविरुद्ध विद्रोहको झण्डा उचालेको – प्रचण्ड

एसीपी संवाददाता

८ चैत्र २०७७, आईतवार १२:५१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफूले विद्रोहको झण्डा उचालेको बताउनुभएको छ ।

आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र विधि र पद्धती बचाउन नेकपा भित्र आफुले विद्रोह गरेको बताउनुभएको हो । उहाले  अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्र केपी शर्मा ओली भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री केपी ओली पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्ने पात्र भएको आरोप लगाउदै अध्यक्ष प्रचण्डले केपी ओली विदेशीले हुर्काएको पात्र भएको जिकिर गर्नुभयो । संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने पक्ष आफूसधै लागि रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x