प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, भदौ ३ — नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको, उक्त भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेतको सहभागिता रहेको थियो।
नेपाल आर्मीका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि गत आइतबार काठमाडौँ आउनुभएको हो। यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई शीतल निवासमा आयोजित एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो।
नेपाल र भारतबीच सन् १९५० देखि नै एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता समेत भएको थियो।


