२ श्रावण २०८३, शनिबार

प्रहरीद्धारा भन्सार छली ल्याएको समान पक्राउ

एसीपी संवाददाता

२ मंसिर २०७७, मंगलवार ११:५५ मा प्रकाशित


कपिलवस्तु मंसीर २
सुरेश कुमार पांडेय
कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ । बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले जिल्लाको यशोद्धरा गाउपालिका ७ क्षेत्र बाट अवैध रुपमा भन्सार छली १ लाख २५ हजार बराबरको औषधी र रंगपुर क्षेत्र बाट २५ हजार बढीको कपडा र मटर बरामद गरेको हो ।
प्रहरी निरिक्षक शंकर सिंह भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती समानहरु चेक जाँच गर्दा भन्सार छलेर ल्याएकोे हुदा ती सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।
कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x