१ श्रावण २०८३, शुक्रबार

प्रहरी द्धारा फोहोरा प्रहार, माइतिघरमा प्रदर्शन

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार ०९:०८ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ ।

कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा हुनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x