२ श्रावण २०८३, शनिबार

प्रेस स्वतन्त्रता सेनानी चाचाजीको नाममा चोक

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित

अवधी पत्रकार संघ नेपालले संस्थापक सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्ताको सम्मानमा पन्नालाल चोक निर्माणको आवश्यक पहल थालेको छ । लामो समयदेखि नेपाली पत्रकारितामा विशेष योगदान पुरयाउनु भएका गुप्तको सम्मान गर्दै थप चिनारीसहितको जिवन्तताका लागि उहाँकै निवास त्रिभुवन चोकको पुर्वलाईन रानीतलाउ मन्दिर नजिकै पन्नालाल चोकको स्थापना गर्न संघद्वारा आवस्यक पहल गरिन लागिएको हो ।

अवधी भाषी पत्रकारहरुको छाता संगठन संघको केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले उहााको नाममा चोक स्थापना गरि शालिक निर्माण गर्ने निर्णय गरेको छ । यसैगरि बैठकले संघका साधारण सदस्य तथा वरिष्ठ पत्रकार स्वर्गिय रामगोपाल बैश्यको सम्मानमा पनि उहााको निवास महेन्द्र विद्यालय सडक अन्र्तगत रामगोपाल मार्ग तथा चोक नामाकरण गर्ने निर्णय गरेको छ ।

प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद

पश्चिम तराईको बााके जिल्लामा अवधी भाषीहरुको बाहुल्यता भएकाले उहा दुबै जना अवधी समुदायबाट पत्रकारिता क्षेत्रमा समाजलाई परिवर्तन गर्नमा विशेष योगदान भएकाले संघले उहाँको सम्मान स्वरुप सो पहलकदमी गर्न लागेको हो ।

बैठकले दुबैजनाको चोक तथा मार्ग नामाकरणका लागि सम्वद सरोकार निकाय, उहाँहरुको परिवार तथा विभिन्न सञ्चारकर्मीका पेशागत संगठन तथा स्थानीयवासी सङ पनि संघले आवश्यक पहल गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x