९ मंसिर २०८३, मंगलवार

फिलिस्तिनी बिद्रोही समुह हमास सङ पाकिस्तानी कनेक्सन

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार १०:४६ मा प्रकाशित

एजेन्सी –  इजरायल र हमासबीच चलिरहेको युद्धमा हमासप्रति पाकिस्तान सरकारले पछ लिएको देखिन्न थालेको छ ।  आइतवार (५ नोभेम्बर) पाकिस्तानी धार्मिक पार्टी जमियत उलेमा-ए-इस्लाम पाकिस्तान (JUI-F) का प्रमुख मौलाना फजल-उर-रहमानले हआतंककारी समुह हमास नेता इस्माइल हनियाह र खालिद मशाललाई कतारमा भेटेका छ्न ।

JUI-F ले एक विज्ञप्तिमा भन्यो कि फजल-उर रहमानले गाजाका जनतासँग ऐक्यबद्धता व्यक्त गरे । पाकिस्तानका नेताहरुलाई यसबाहेक अमेरिका घोषणा गरेको आतंककारी संगठन हमासका नेताले भारतको जम्मु कश्मीरलाई पनि निशाना बनाउने प्रयास गरेका हुन ।  हमास नेताले प्यालेस्टाइन र कश्मीरमा अन्याय मानवअधिकार उल्लङ्घनका लागि अरूलाई निन्दा गर्ने देशहरूको मुखमा थप्पड भनेका छ्न ।

अरब न्युजको रिपोर्ट अनुसार जेयूआई–एफ प्रमुख (मङ्सिर ४) मात्रै कतार पुगेका थिए ।  इजरायली लडाकु विमानहरूले गाजा पट्टीमा लगातार हमला गरिरहँदा अक्टोबर ७ यता ४ हजार ८ सय बालबालिकासहित ९ हजार ७७० जनाभन्दा बढीको ज्यान गएको बेला दुई नेताबीचको भेटवार्ता भएको गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x