१२ मंसिर २०८३, शुक्रबार
बन्द्कर्तालाई प्रहरीको लठ्ठीको भासा पाठ सिखाए पछि भागाभाग
काठमाडौं। आज (बिहीबार) बन्द हड्तालका नाममा देशभर आतंक मच्चाउने नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका दर्जनौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले देशभरबाट १ सय ८८ जनालाई नियन्त्रणमा लिएको हो । अहिले गैह्र कानुनी काममा संलग्नलाई बाहेक अरूलाई छाड्न थालिएको प्रहरीले जनाएको छ ।
बिहीबारको आम हडतालका क्रममा बन्दकर्ताले देशभर गरी ३२ वटा सवारी साधनमा क्षति पुर्याएका छन् । त्यसमध्ये तीन सवारी साधन सरकारी छन् भने अन्य सार्वजनिक सवारी साधन हुन । यस्तै एक ट्याक्सीमा आगजनीसमेत भएको छ ।
प्रहरीले काठमाडौँ उपत्यका,बाट मात्रै सवारीलाई अवरोध गर्ने, पसल बन्द गराउँदै हिँड्ने र सवारी साधनमा तोडफोड गर्नेहरू ८१ जनालाई पक्राउ गरेको थियो । नेपाल पाना
Subscribe
Login
0 Comments


