३२ असार २०८३, बिहीबार

बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

एसीपी संवाददाता

२९ फाल्गुन २०८१, बिहीबार ०९:५१ मा प्रकाशित

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनु रहेको थियो।

समन्वय तथा जानकारी बैठक राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ४, ६, ८ र १० का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो।

बैठकका क्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प्रतिफलहरू बारे समेत विस्तारमा प्रकाश पार्नुभएको थियो।

यस कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा उपमेयर मनकला कुमारी चौधरीले मन्तव्य दिँदै बालबालिका बेचबिखनको रोकथाम तथा बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा प्रवर्द्धनका लागि राजापुर नगरपालिकाले पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x