१५ आश्विन २०८३, बिहीबार

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाका ६२ जना संक्रमितको मृत्यु

एसीपी संवाददाता

२१ मंसिर २०७७, आईतवार ०४:५८ मा प्रकाशित

धनगढीका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । यो सग्गै बाहिरी जिल्लाका कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका-६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर १५ गते अस्पतालको कोभिड प्रि आइसोलेसन युनिटमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन पीसीआर परीक्षण गरिएको थियो । बेलुका रिपोर्ट पोजेटिभ आयो ।

तत्काल उनलाई कोभिड आइसोलेसन युनिटमा राखेर उपचार सुरु गरिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दागर्दै विरामीको आज विहान ४ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६२ जना संक्रमितको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x