२ श्रावण २०८३, शनिबार

बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८६ पुग्यो

एसीपी संवाददाता

२० आश्विन २०७७, मंगलवार १६:०६ मा प्रकाशित

बाके, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी प्रयोगशालामा गरीएको परीक्षणमा ६६ जनामा भाइरस संक्रमण फेला परेको हो । भेरीमा ३६, मेडिकल कलेजमा २० र बागेश्वरीमा १० जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । सोमबार ७० जना संक्रमित थपिएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८६ पुगेको छ । त्यसमा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ७३ पुगेको छ
मंगलवार बाँकेमा २३ जना संक्रमित डिस्चार्ज भएका थिए । बाँकेमा भाइरस संक्रमणबाट २१ जनाको मृत्यु भएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x