२ श्रावण २०८३, शनिबार

बाँकेमा जिल्ला बाहिरका कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यू

एसीपी संवाददाता

३० कार्तिक २०७७, आईतवार ०६:०९ मा प्रकाशित

बाँकेमा जिल्ला बाहिरका कोभिड १९ कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यू भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा रहेका उनको स्वास्थ्यमा सुधार नआउँदा कात्तिक ३० गते अर्थात आज आइतबार बिहान ८: ३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । बेलौरी नगरपालिका १ कन्चनपुरका ३२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग समाजिक संजाल फेसबुकबाट

स्वास्थ्यमा समस्या आएपछि कात्तिक २३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको कोभिड परीक्षणका लागि कात्तिक २५ गते श्वाब लिइएको थियो ।

मृतक पुरुष लामो समय देखि न्युरोको समस्याबाट पिडित रहेको परीवारले जनाएको छ । योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेमा आइ मृत्यु भएकाहरुको संख्या ३७ पुगेको छ ।

यसअघि हिजो राती भेरी अस्पतालमा कैलालीका ६५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x