२ श्रावण २०८३, शनिबार

बाँकेमा मंगलबार थप ३७ जनाले कोरोना जिते

एसीपी संवाददाता

२५ कार्तिक २०७७, मंगलवार १३:२९ मा प्रकाशित

बाँकेमा मंगलबार थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २३ पुरुष र १४ महिला छन् । कोरोना निको हुनेमा २ बर्षकी बालिकादेखि ९ बर्षका बालक पनि छन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय २९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.१७ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ७२ जना छन् ।

बाँकेमा हालसम्म ३ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x