बाँकेमा ११ फर्किदा २३ थपिए कुल संक्रमित १५ सय ७०

बाँकेमा शनिबार थप २३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोभिड १९ कोरोना भाईरस परिक्षणमा १५ संक्रमित रहेका छन् भने नेपालगंज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा समेत ८ जना गरी शनिबार २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जनाउनु भयो । बाँकेको नेपालगंजग उपमहानगर पालिकाका ११ जना, कोहलपुरका ४ जना ,जानकी गाउँ पािलका २ जना ,बर्दिया बासगढीका ३ जना , कैलालीका १ र दाँगका २ जना रहेको श्रेष्ठले जानकारी दिए। यो सग्गै बाँकेमा कोरोना संक्रमितको संख्या १५ सय ७० पुगेको छ । यसै गरी बाँँकेमा ११ जना कोरोना संक्रमितहरु कोरोना जितर घर फर्किन लागेको श्रेष्ठले बताउनु भयो । कोरोना निको हुनेको संख्या १२ सय ३ पुगेको छ भने बाँकेमा हाल सम्म ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिले उपचाररत अवस्थामा ३ सय ५८ जना रहेका छन् ।






[…] […]