२ श्रावण २०८३, शनिबार

बाँकेमा ७ किलोग्राम अफिमसहित दुई पक्राउ

एसीपी संवाददाता

२६ कार्तिक २०७७, बुधबार ११:०३ मा प्रकाशित

बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नं. १०५ मा लागूऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे दुई जनालाई पक्राउ गरेको हो ।

उक्त स्थानमा शंकास्पद अबस्थामा रहेका जाजरकोटको नलगाड नगरपालिका नं. ९ का ४५ बर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ बर्षीय बिरेन्द्रमान सिंहलाई फेला पारी खानतलासी लिंदा उनीहरुको साथबाट ७ किलोग्राम अफिम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताउनुभयो ।

अफिम बरामद गरी आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ । लागूऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x