२ श्रावण २०८३, शनिबार

बाँके कारागार बाट ६ जना कैदिले माफी पाउदै

एसीपी संवाददाता

२४ भाद्र २०८१, सोमबार ०८:०६ मा प्रकाशित

नेपालगञ्ज : संविधान दिवसका अवसरमा सरकारले देशभरका कारागारका सजाय भोगिरहेका करिब ५ सय कैदीको सजाय माफ गर्ने भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार, असोज ३ गते संविधान दिवसका अवसर पारेर विभिन्न अपराधमा सजाय भोगिरहेका ४ सय ९२ कैदीहरूको सजाय माफ गर्न सिफारिस भएको हो ।

यद्यपि, यसअघि विभागले सूचना जारी गरेर कैदीबन्दीको कैदकट्टामा गुनासो भए सात दिनभित्र उजुरी गर्न आव्हान गरेको थियो । विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४ सय १९ र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जनाको बाँकी कैद कट्टा हुन लागेको बताएको हो ।

बाँके कारागारमा सजाय भोगिरहेका ६ जना कैदीहरूले पनि संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाउने भएका छन् । बाँकेमा ५० प्रतिशत कैद भुक्तान गरेका ५ जना र ४० प्रतिशत कैद भुक्तान गरेका १ जनाको कैदी माफी हुन लागेको छ ।

सरकारले नियमावली संसोधनपछि ज्यान सम्बन्धी कसुरका कैदका हकमा पीडितका आफन्तको सहमति लिएर मात्र माफी मिनाहाका लागि सिफारिस गरेको छ । संशोधित नियमावली अनुसार ज्यान सम्बन्धी कसुरको हकमा पीडित आफै वा निजको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैले सहमति दिनुपर्ने भनिएको छ ।

यसरी बाँके कारागारवाट कैद मिनाहमा पर्नेहरूमा कोहलपुर १० का गेहेन्द्र न्यौपाने, भैरवि दैलेखका जितेन्द्र शाहि, नरैनापुर २ का असलम खाँ, लमहि ४ दाङका सनम कुमार चौधरी, बारबर्दिया ७ बर्दियाका किशोर कुमार थारु र डुडुवा गाउँपालिकाका निजामुद्दिन शेष रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको शेषलाई माफी दिन पीडितकी श्रीमति, सवारी ज्यानका न्यौपानेको कैद कट्टाका लागि सहमतिका लागि मृतकको आफन्तको पहिचान हुन नसकेको, शाही पशुपंछी सम्बन्धी कसुरका, सवारी ज्यानका खाँको सम्बन्धमा पीडितका श्रीमान्, सवारी ज्यानकै चौधरीको कैद कट्टाका लागि पीडितका श्रीमान् र बुबा, सवारी ज्यानकै थारुको मुद्दामा पीडितका श्रीमानले कैद कट्टाको सहमति दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x