२ श्रावण २०८३, शनिबार
बाँके प्रहरीद्वारा चाडपर्वको सुरक्षालाई मध्यनजर गर्दै क्विक रिस्पोन्स टिम परिचालन
बाँके प्रहरीले चाडपर्वको सुरक्षालाई मध्यनजर गर्दै क्विक रिस्पोन्स टिम परिचालन गरेको छ । जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजनाअन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकलमार्फत टिम परिचालन गरेको हो । घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि बाँके प्रहरीले सो टिम परिचालन गरेको जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले नेपालगञ्जको धम्बोझी चोकबाट सोमबार साँझ औपचारिक रुपमा क्यूआरटी क्विक रिस्पोन्स टिम परिचालन गरेको जानकारी दिनुभयो । उहाले क्विक रिस्पोन्स टिमलाई सहज होस भन्ने उद्देश्यले नेपालगञ्जमा १६ वटा र जिल्ला भरी ३० वटा मोटरसाईकलसहितको टिम परिचालन गरिएको बताउनुभयो ।




[…] […]
[…] […]