२ भाद्र २०८३, मंगलवार

“मन्दिरको पवित्रता कायम गर्न श्री बागेश्वरी मन्दिर परिवारद्वारा नयाँ नियम जारी: टिकटक र भिडियो बनाउन प्रतिबन्ध।”

एसीपी संवाददाता

१९ श्रावण २०८३, मंगलवार २३:२४ मा प्रकाशित

नेपालगंज— श्री बागेश्वरी मन्दिर परिवारले मन्दिरको पवित्रता र मर्यादा कायम राख्न भन्दै नयाँ नियम तथा आचारसंहिता लागू गरेको छ। मन्दिर परिसरमा टाँसिएको सूचनामार्फत समितिले विभिन्न गतिविधिहरूमाथि कडा प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

शक्तिपीठ श्री बागेश्वरी मन्दिर र जुङ्गे महादेवको मन्दिरमा गैर-हिन्दूहरूको प्रवेशमा निषेध गरिएको छ। मन्दिर परिसरभित्र र खदेश्वर जुङ्गे महादेवको मन्दिरमा अशिष्ट तथा असभ्य किसिमले टिकटक, भिडियो ग्राफी आदि बनाउन सख्त मनाही गरिएको छ।मन्दिरको पार्क क्षेत्रमा युगल जोडीहरूले अशिष्ट क्रियाकलाप गर्न पूर्ण रूपमा रोक लगाइएको छ।अमर्यादित, असभ्य र अशिष्ट कार्यहरू गरेको पाइएमा कानूनबमोजिम कडा कारबाही गरिनेछ। त्यस्ता गतिविधि गर्नेलाई रु. ५०० देखि रु. १००० सम्म जरिवाना तिराइने सूचनामा उल्लेख छ।

मन्दिरको धार्मिक तथा सामाजिक वातावरणलाई सुरक्षित र मर्यादित राख्नका लागि सबै भक्तजन तथा आगन्तुकहरूलाई यस नियमको पालना गर्न श्री बागेश्वरी मन्दिर परिवारले अनुरोध गरेको छ।        

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x