२ श्रावण २०८३, शनिबार
बाङ्लादेश मा सत्ता परिवर्तन
आरक्षणलाई लिएर बंगलादेशमा सुरु भएको आन्दोलन अहिले हिंसामा परिणत भएको छ । हिंसाको बीचमा छिमेकी देशमा सोमबार कु शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन् । उनको राजीनामापछि बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले पत्रकार सम्मेलन गरेका थिए । प्रधानसेनापतिले भने, “प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अब हामी शासन गर्छौं। अन्तरिम सरकार बनाएर देश चलाउनेछौं। हाम्रो देशलाई नोक्सान भइरहेको छ, सम्पत्ति गुम्दैछ। मलाई जिम्मेवारी दिनुहोस्, म सबै काम गर्छु। ।
Subscribe
Login
0 Comments


