१७ मंसिर २०८०, आईतवार

बाणगंगा वेलफेयर सोसाईटि द्धारा बाणगंगा नगरपालिका लाई स्वास्थ्य सामग्रि प्रदान

एसीपी संवाददाता

७ जेष्ठ २०७७, बुधबार १०:०२ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा वेलफेयर सोसाईटिले बाणगंगा नगरपालिका लाई स्वास्थ्य सामग्रि प्रदान गरेको छ । बाणगंगा नगरपालिका भित्र चुनौतिका बिच खटिरहेका स्वास्थ्य कर्मिहरुको अवस्था लाई मध्यनजर गरेर स्वास्थ्य सामग्रि प्रदान गरिएको सोसाईटिल जनाएको छ । बाणगंगा नगरपालिकाको राहत कोषमा नगद जम्मा गर्ने मानसिकता बनाएको वेलफेयर सोसाईटिले त्यस्को महत्व खासै नदेखिएकोले दिनरात आफ्नो जोखिम बहन गर्दौ जनताको सेवामा खटिरहेका स्वास्थ्य कर्मिहरुलाई महत्वपुर्ण ठानेर स्वास्थ्य सामग्रि प्रदान गरिएको बाणगंगा वेलफेयर सोसाईटिका अध्यक्ष राजकुमार खाँणले जानकारी दिए । त्यस्तै वेलफेयर सोसाईटिले स्वास्थ्य कर्मिहरुलाई काम गर्ने क्रममा केहि सुरक्षा होस भन्ने उदेश्यका साथ सामग्रि प्रदान गरिएको बाणगंगा वेलफेयर सोसाईटिका महासचिव दिनेस क्षेत्रिले बताए । यस्तै करिब पचास हजार बराबरको स्वास्थ्य सामग्रि प्रदान गरिएको उनको भनाई छ । स्वास्थ्य सामग्रिमा माक्स,सेनिटाईजर लगाएत प्रदान गरिएको थियो । बाणगंगा वेलफेयर सोसाईटिका पुर्व अध्यक्ष पदम सेन, उपाध्यक्ष दिनेश सेन, राजन आले ,सदस्य रुबिना गुरुङ लगाएतको उपस्थ्तिीमा स्वास्थ्य सामग्रि प्रदान गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x