३२ असार २०८३, बिहीबार

बालबिलकाहरुकाे बेचबिखनका घटना तथा मुद्धा सम्प्रेशन सबन्धी ३ दिने तालिम सुरु

एसीपी संवाददाता

१३ फाल्गुन २०८१, मंगलवार १०:४५ मा प्रकाशित

बर्दियामा ठाकुरद्वाराको मधुवन नगरपालिकाका युवा स्वयंसेवकहरुसँग बाल संरक्षण तथा मानव बेचबिखन बिरुद्ध जनचेतना अभिवृद्धि तथा बाल अधिकार उलंघन र बालबिलकाहरुकाे बेचबिखनका घटना तथा मुद्धा सम्प्रेशन सबन्धी ३ दिने तालिम सुरु भएको छ।    बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालकाे सहकार्यमा सञ्चालित “सुरक्षा” परियोजनाअन्तर्गत तालिम तीन दिनसम्म सञ्चालनमा आएको हो  । तालिम खास गरी युवाहरुलाइ बाल संरक्षण, विशेष गरी बालबालिकाकाे बेचबिखन बिरुद्ध ज्ञान प्रदान गर्दै उनीहरुलाई आत्मविश्वासका साथ उचित संरचना तथा संयन्त्रमार्फत बाल अधिकार उल्लंघनका घटनाहरू, बाल बालिकाहरुकाे बेचबिखनका घटनाहरुकाे रिपोर्ट गर्न सक्षम बनाउन अायाेजना गरिएकाे हाे ।  उक्त तालिममा ५ जना पुरुष र १५ जना महिला गरी कुल २० जना युवा सक्रिय रूपमा सहभागी भएका छन्। यी युवाहरु मानव बेचिखन बिरुद्ध कार्य गर्नका लागि मधुवन नगरपालिका बाट निश्चित मापदण्डका अाधारमा छनाै‌ट गरिएका थिए । तालिमले बाल अधिकार, बाल संरक्षण, मानव बेचबिखन, बालबालिकाहरुकाे बेचबिखन, र बाल अधिकार उल्लंघन सम्बन्धी घटनाहरूकाे सम्प्रेशन प्रक्रिया लगायतका विषयहरू समेटेको छ।  तालिमको उद्घाटन शत्रमा बाँके युनेस्काे क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी, अध्यक्ष रवि कुमार तुलाधर, कोषाध्यक्ष फिरदोस जहाँ, कार्यक्रम संयोजक महेश नेपाली र फिल्ड सुपरभाइजर सबित्रा भाट को उपस्थिती रहेकाे थियाे । उक्त तालिमको सहजीकरण भने बसन्त कुमार बीसीले गरिरहेका छन्। तालिमको उद्घाटन समारोहमा बाँके युनेस्काे क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी, अध्यक्ष रवि कुमार तुलाधर र कार्यक्रम संयोजक महेश नेपालीले परियोजनाका उद्देश्य, लक्ष्य, प्रतिफल, र गतिविधिहरूमा स्पष्ट पारेका थिए ।   साथै, उनीहरूले बाल अधिकार प्रवर्द्धन र बाल बालिकाहरुकाे बेचबिखनकाे रोकथाममा युवाको भूमिका तथा जिम्मेवारीबारे छलफल गरेका थिए । याे तालिमले खास गरी मधुवन नगरपालिका युवाहरुलाइ एउटा राेल माेडलकाे रुपमा तयार गरी उनीहरुलाइ मानव बेचिबखन बिरुद्ध प्रखर रुपमा कार्य गर्ने सफल युवा बनाइ मानव बेचबिखन जस्ताे जघन्य अपराधलाइ समाजबाट उन्मुलन गर्ने लक्ष्य लिएकाे हो । 

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x