बालिका नेतृत्व अभिवृद्धि अभियान सम्पन्न
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत बांके युनेस्को क्लबले गुलरिया, बर्दिया मा गर्ल्स टेकओभर अभियान आयोजना गरेकाे छ । उक्त कार्यक्रममा सफल किशोरी क्लबका निशा चौधरी ले एक दिनका लागि शिक्षा विकास तथा समन्वय इकाईको नमूना प्रमुखको भूमिका निर्वाह गरिन् । कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई गुलरीयाऽ बर्दियाका प्रमुख सुर्य बहादुर खत्री ले गर्नुभयो। यस अभियानको मुख्य उद्देश्य बालिकाहरुलाई नेतृत्व विकास, प्रेरणा र आन्तरिक क्षमता अभिवृद्धि गर्न विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिकामा अवसर प्रदान गर्नु थियो। कार्यक्रममा गुलरिया नगरपालिकाका ६ वटा किशोरी समूहका सदस्यहरू को सहभागिता रहेको थियो। बालिकाहरुले कार्यक्रममा शिक्षा, बाल अधिकार तथा किशोरीहरूसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रश्नहरू उठाए, जसमा समेटिएका विषयहरू निम्नानुसार थिए: अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा कसरी सहयोग प्रदान गरिँदैछ? विद्यालयमा बालिका मैत्री वातावरण सिर्जना गर्न के कस्ता पहल भइरहेको छ ? गरिब तथा जोखिममा परेका विद्यार्थीहरू का लागि कस्ता सहयोगहरू उपलब्ध छन ? विशेष गरी मुस्लिम समुदायका बालिकाहरूको शिक्षामा पहुँच बढाउन के कस्ता पहल गरिएका छन्, किनभने अझै पनि मुस्लिम बालिकाहरूलाई विद्यालय पठाउन सहज वातावरण छैन . यी सबै विषयहरू कार्यक्रममा यस बिषयमा गम्भिर रुपमा छलफल गरिएकाे थियाे । जसले बालिकाहरूको शिक्षा सुधारप्रतिको प्रतिबद्धता झल्काउँछ। कार्यक्रमको समापनमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्य बहादुर खत्रीले बालिकाहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै यथाशिघ्र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधीहरु रबिन्द्रनाथ थारू, शेर बहादुर रोका, रमेश खत्री, लक्ष्मी थारू को उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा बाँके युनेस्काे क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लमिछाने र फिल्ड सुपरभाइजर भगवती बि.के. काे समेत उपस्थिती रहेकाे थियाे ।




