११ भाद्र २०८३, बिहीबार

बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम

एसीपी संवाददाता

३ भाद्र २०८२, मंगलवार १८:३३ मा प्रकाशित

बाँके युनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३,धनौरामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। 
विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पुर्‍याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्य संचालित सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्दै बालबालिकाको मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणका आधारहरू, सबैलाई समेट्ने समावेशी सिकाइ वातावरण निर्माणका आवश्यकता तथा मानव बेचबिखनका जोखिम र रोकथामका उपायहरूबारे विस्तृत प्रस्तुत गर्नुभयो। उहाँले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समुचित विकास सुनिश्चित गर्न सक्नेमा जोड दिनुभयो भने कार्यक्रमको सञ्चालन भने फिल्ड सुपरभाइजर सावित्रा भाटले गर्नुभएको थियो ।
कार्यक्रम मा बोल्दै विधालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले बिधालयलाइ बालमैत्री ,सुरक्षित र समाबेशी बनाउनको लागि निरन्तर प्रयासरत रहेको कुरामा जोड दिनु भयको थियो  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x