१४ आश्विन २०८३, बुधबार

बिभिन्न क्षेत्रका व्यक्तिहरुद्धारा संविधान बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै सञ्चाउनुपर्ने माँग

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार १७:०४ मा प्रकाशित

बिभिन्न क्षेत्रका व्यक्तिहरुले संविधान बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै सो कदम सञ्चाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले संसद बिघटन गरेर मुलुकलाई थप अस्थीरतातर्फ ढकेल्ने प्रयत्न भएको समेत बताए । कार्यक्रममा बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसदले कसैलाई नोक्सानी नपुराएको अवस्थामा संसद बिघटनको औचित्य नभएको बताउनुभयो ।

उहाले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको र यसले अस्थीरता पैदा गरेको तर्क गर्नुभयो । त्यस्तै महासंघका कार्यबहाक अध्यक्ष दिलिप थापा मगरले मुलुकमा हुने असंवैधानिक र निरंकु कदमको विरुद्ध पत्रकार महासंघ जुनसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी अन्य वक्ताहरुले संसद बिघटन बिरुद्ध एक भएर संघर्ष गर्नुपर्ने बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x