भागरथी भट्टको न्यायका लागि नेविसंघ बैतडीद्धारा प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि नेविसंघ बैतडीले प्रदर्शन गरेको छ। मणिलेक बहुमुखी क्याम्पस मेलौली, मणिलेक मावि, दुर्गा माविलगायत छिमेकी विद्यालयबाट उनको न्यायका लागि मेलौलीमा प्रदर्शन गरिएको हो। बलात्कारी र हत्यारालाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने नेविसंघ बैतडिको माग गरेको छ । ओली राजमा अराजकता,हिंसा बढ्दै गएको प्रति सरकारलाई सचेत गराएका थिए । छोरीचेलीले बाहिर निस्किने बातावरण नै छैनु, नेविसंघ बैतडीका सभापति कपिल केसीले भने, ुयो प्रकरणलाई पनि निर्मला प्रकरण जस्तै नबनाइयोस्।ु
उनले जनताको ज्यू , धनप्रति सरकार गम्भीर नरहेको आरोप लगाए। भागरथीलाई न्याय नमिलेसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ।
विरोध सभालाई मेलौलीकी उपप्रमुख राधा ओझा, मेची(महाकाली संयुक्त बुहारी संघकी बैतडी जिल्ला अध्यक्ष रुवी नायक,
मणिलेक बहुमुखी क्याम्पसका स्वभियु सभापति केशवबहादुर चन्द, कार्यवाहाक स्वभियु सभापति बीरबहादुर चन्दलगायतले सम्बोधन गरेका थिए।


