३२ असार २०८३, बिहीबार

भारतको जम्मु कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका सुदीप शव नेपाल आयो

एसीपी संवाददाता

११ बैशाख २०८२, बिहीबार ०९:२६ मा प्रकाशित

भारतको जम्मु कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज बिहान स्वदेश ल्याइएको छ ।

परराष्ट्र मन्त्रालयको पहलपछि सुदीपको शव श्रीनगरबाट नयाँदिल्ली हुँदै लखनऊसम्म हवाइजहाजमा र त्यहाँबाट नेपाल भारत सीमानाकासम्म एम्बुलेन्सबाट ल्याइएको हो । भैरहवास्थित नेपाल भारत नाका सुनौलीमा सुदीपका आफन्त शव लिन पुगेका थिए ।

२७ वर्षीय सुदिप आमा रिमाकला , बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले गएका थिए ।

मंगलबार जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा बुटवल उपमहानगरपालिका १४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो । हमला हुँदा भागदौडमा परेर आमा सामान्य घाइते भइकी छन् भने बहिनीज्वाइँ सकुशल छन् । उनीहरु पनि नेपाल आइपुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x