१५ आश्विन २०८३, बिहीबार

भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुने प्रवेशमा कडाइ

एसीपी संवाददाता

१० चैत्र २०७७, मंगलवार ०६:०४ मा प्रकाशित

काठमाडौँ । भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गरेको छ । अब भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताएका हुन् ।

सोमबारमात्रै विभिन्न नाका भएर ३३०० जना नेपाल प्रवेश गरेका छन् । यसरी आएकाहरुलाई हेल्थ डेस्कमा ज्वरो जाँचिनेछ ।

ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन भनेको छ । कोही संक्रमित भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइनेछ ।

महाशाखाले पालिकाहरुमा हट स्पटको पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x