भारतमा उत्पादित कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति
नेपाल सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो ।
निवेदन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्याउन भनिएको छ । हाललाई भने ‘कोभिसिल्ड’ खोप ल्याउनका लागि अनुमति दिएका छौं ।’
हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।
चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।
अहिले विश्वका विभिन्न देशहरुमा तेस्रो चरणको अनुसन्धामा सफल रहेको दाबी गरिएका खोपहरुको आपत्कालिन प्रयोग सुरु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि माघको ३ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ ।
भारतमो उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा भने यसको प्रयोगका लागि अनुमति दिइएको हो । भारतले भने कोभिसिल्डसँगै बेलायतको अक्सफोर्ड विश्वविद्यायले तयार पारेको कोभ्याक्सिनलाई पनि अनुमति प्रदान गरेको छ ।
अहिले पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमै रहेको बेला भारतमा उत्पादित खोपलाई अनुमति प्रदान भएको हो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार औपचारिक भारत भ्रमणका लागि दिल्ली पुग्नुभएको थियो । उहाँको दिल्ली गएको भोलिपल्टै नेपालले भारतमा उत्पादिन कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।



