भारतीय पत्रकार अर्नब न्यायीक हिरासतमा
भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका गोस्वामीसहित अन्य २ जनालाई गएराति अबेर मुम्बई अदालतले १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् र निवेदनमाथि आज सुनुवाइ हुन सक्ने भारतीय सञ्र माध्यमहरुले उल्लेख गरेका छन् ।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा गोस्वामीलाई प्रहरीले हिजो उनकै निवासबाट पक्राउ गरेको थियो । उनी रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत हुन् ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत भेटिएका थिए । उनीहरुको साथमा फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.५ करोड रुपैयाँ भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख थियो ।
सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । गोस्वामीले आफूलाई प्रहरीले कुटपिट गरेको अदालतमा बताएका थिए । पछि जाँच गर्दा कुटपिट गरेको नदेखिएपछि उक्त आरोप खारेज भएको थियो ।
गोस्वामी को मुंबई के पास रायगढ़ ज़िले के अलीबाग लाया गया और बाद में उन्हें स्थानीय अदालत में पेश किया गया।
गोस्वामी ने अदालत में कहा कि पुलिसकर्मियों ने उनसे मारपीट की है। इसके बाद गोस्वामी को पुलिस स्टेशन लाया गया जहां एक सिविल सर्जन ने उनसे मारपीट को साबित करने के लिए कहा। बाद में अदालत ने गोस्वामी के मारपीट के आरोप को खारिज कर दिया।


