११ मंसिर २०८३, बिहीबार

भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक-गृहमन्त्री थापा

एसीपी संवाददाता

३ माघ २०७७, शनिबार ००:०७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताउनु भएको छ ।

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा शुक्रबार आयोजित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दैै उहाँले भूकम्पबाट आफ्नो सुरक्षा आफैले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताउनु भएको हो । भूकम्पको सामना गर्न  सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सके यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्ने उहाको भनाई छ । भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको भन्दै उहाले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औँल्याउनुभयो ।

बाइट…………

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालिले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको बताउदै सरकारले तीन लाख अरु लगानी जनता आफँैले गरेको बताउनुभयो ।

उहाँले सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सु्रक्षित घर बनेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x