२ श्रावण २०८३, शनिबार

भेरी अस्पतालमा र मेडिकल कलेज कोहलपुर गरि उपचारका क्रममा दुई जनाको मृत्यु

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार १६:४३ मा प्रकाशित

भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ दाङका ६४ बर्षका पुरुषको सोमवारराती ९ः०९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आइतवार नै स्वाब निकालिएको थियो ।
त्यसको रिपोर्ट आज सोमवार आएको थियो । तर अवस्था खस्कदै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ३१ जना संक्रमितको अहिलेसम्म मृत्यु भइसकेको छ ।
यसैबीच नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका बर्दियाका २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ती पुरुषको उपचारका क्रममा सोमवार दिउँसो १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि ती पुरुषलाई कात्तिक २३ गते अस्पताल लगिएको थियो । कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आज विहान नमूना संकलन गरिएको थियो ।
तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनको आज साँझ ६ बजेमात्र रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाको मृतक संख्या ३० पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x