१ श्रावण २०८३, शुक्रबार

भेरी भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

एसीपी संवाददाता

५ आश्विन २०७७, सोमबार ०४:२० मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट कैदीको मृत्यु भएको छ । सुर्खेत सहारेका ५८ बर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दमको विरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका ती कैदीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मद्दामा उनले कारागारमा सजाए भुक्तानी गरिरहेका थिए । उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २२ गते भर्ना भएका उनको आज विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तर बाहिर जिल्लाबाट आएर यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने उनीसहित ४ पुगेको छ । यसअघि सुर्खेतकै एकजना, कैलाली, अछाम र अर्घाखाँचीका एक–एकजनाका मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x